सरकारले पुर्व–पश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सकडको दायाँ बायाँ २५ मिटर फराकिलो पार्ने अभियान सुरु गरेपछि हेटौँडाका २५ मिटर पीडितहरुले आफुहरुलाई सरकारले अन्याय गरेको र आफुहरुको मानवअधिकार खोसिएको गुनासो गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालयले हेटौँडामा गरेको कार्यक्रममा बोल्दै पीडितहरुले लालपुर्जा देखाउँदै उनीहरुले आफुहरुलाई सरकारले अन्याय गरेको र नीजि घरमा डोडर चलाउँदै सरकारले आफुहरुको मानवअधिकार खोसेको आरो लगाए ।
कार्यक्रममा बोल्दै २५ मिटर पीडित हेटौँडा १ का कमल लामाले सरकारले आफुहरुको मानवअधिकार हनन् गरेको बताए । हातभरी लालपुर्जा बोकेका लामाले मानवअधिकार आयोगका प्रतिनिधिसामु लालपुर्जा देखाउँदै भने ः के यो लालपुर्जा हामीलाई भारत सरकारले दिएको हो ? कि हाम्रो लालपुर्जा पनि भारतमा बन्द गरिएको जस्तै एक हजारको नोट जस्तै भयो ?
कार्यक्रममा बोल्दै २५ मिटर पीडित राजकुमार रिसालले सडक ऐन बन्नुपुर्वनै किनेको जग्गाको कागजात देखाउँदै राज्यले आफुहरुलाई सडक विस्तारको नाउँमा सुकुम्वासी बनाउन लागेको गुनासो गरे । आफुहरुले राजनीतिक दल, सबै जिम्मेवार निकायलाई समस्याकोबारेमा जानकारी गराउदा पनि केहि नभएको भन्दै मानवअधिकार आयोगले सुनुवाई गर्छकि भन्ने विश्वास भएको बताए ।
कार्यक्रममा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठले आफुहरुको ५ पुस्ता यहि क्षेत्रमा बसेको कारण सडक ऐनको भरमा सडक ऐन विस्तारहुनुपूर्व निर्माण भएको सहरलाई ध्वस्त गर्नु गम्भिर मानवअधिकार उलङ्घन भएको दाबी गरे ।
पीडितहरुको गुनासो सुनेपछि राष्ट्रिय मानवअधिकार आयोगका मध्यमाञ्चल प्रमुख भूवननाथले सरकारले जस्तोसुकै विकासको काम गर्दा पनि मानवअधिकारको ख्याल गर्नुपर्ने भन्दै मानवअधिकार उलङ्घन गर्नेलाई कारबाही गर्न सरकारलाई सिफारिस गर्ने बताए ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका केन्द्रीय निर्देशक यज्ञप्रसाद अधिकारी, मानवअधिकार अधिकारी इन्द्रजीत सहनी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा सयौ पीडितहरुको सहभागिता रहेको थियो ।